समाचार
सूचना तथा प्रबिधि अधिकृतको काम,कर्तव्य तथा अधिकार
सूचना तथा प्रविधि शाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :
सूचना तथा सुशासन ईकाइ:
- सूचना अधिकारीको काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने सम्बन्धी कार्य,
- सूचना संकलन, संग्रह, अभिलेख र प्रकाशन सम्बन्धी कार्य,
- स्थानीय तहको सफल अभ्यासहरुको प्रचार प्रसार र प्रकाशन गर्ने,
- सुशासन प्रवर्द्धन तथा गुनासो व्यवस्थापन सम्बन्धी कार्य,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सूचना आयोग तथा राष्ट्रिय सतर्कता केन्द्रको सम्पर्क ईकाईको रुपमा कार्य गर्ने ,
- संसद रिपोर्टिङ्ग सम्बन्धी कार्य,
- कर्मचारीहरुको विभागीय कारवाही तथा दण्ड सजाय सम्बन्धी कार्य ।
सूचना प्रविधि ईकाई:
- विद्युत्तीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा प्रणालीको विकास र प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य,
- केन्द्र तथा स्थानीय तहमा सूचना प्रणाली सम्बन्धी कार्यको परामर्श तथा समन्वय गर्ने कार्य,
- भौगोलिक सूचना प्रणाली सम्वन्धी कार्य,
- वेबसाइट व्यवस्थापन र संचार प्रविधिसंग सम्बन्धित कार्य ।