Submitted on: Thu, 02/12/2026 - 14:09
गौमुखी गाउँपालिका, प्युठानको नवनिर्मित प्रशासनिक भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले भवनको उद्घाटन गर्दै अबदेखि कार्यालयका सम्पूर्ण दैनिक कार्य तथा सेवा प्रवाह यही नयाँ भवनबाट सञ्चालन हुनेछ। कार्यक्रममा जग्गादाता स्वर्गीय जोगेन्द्र मल्लको परिवारलाई सम्मान गरिएको र निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने मल्लरानी कन्स्ट्रक्सन प्रा.लि.लाई सम्मान प्रदान गरिएको छ।