FAQs Complain Problems

समाचार

गौमुखी गाउँपालिकाको अत्यन्तै जरुरी सूचना ।

२०७९/०९/२५ गतेदेखी प्यूठान जिल्लाका बिभिन्न ठाउँमा पेशेवर लुटेराहरुकै शैलीमा चोरी र लुटपाटका घटनाहरु बढ्दै गएका छन् ।यस गौमुखी गाउँपालिकाका बिभिन्न वडाहरुमा पनी केहि यस्तै घटनाहरु घटेको जानकारीमा आएका छन ।तसर्थ आफ्नो घर,गाउँ/टोल,छिमेकमा नयाँ,परिचय नखुलेका ब्याक्तिहरु आउँदा सचेत रहनुहुन अनुरोध गरिन्छ ।साथै यस पालिकामा आउने घुमन्ते व्यापारीहरु(कपाल किन्ने,सिरक डसना बनाउने,कपडा,भाडाँकुडाँ,जडिबुटि ईत्यादि बेच्ने लगायतका कारोबार गर्ने)लाई गौमुखी गाउँपालिकाको अर्को सूचना प्रकाशन नहुन्जेल सम्म गाउँपालिकाको सिमाभित्र निषेध गर्न कडाई गरिएको व्यहोरा जानकारी गराईन्छ ।

        गाउँपालिकाका बिभिन्न बजार तथा गाउँटोलमा गठन भएका बिभिन्न सामाजिक संघ संस्था समूह हरुलाई आवश्यक सहयोग गर्नुहुन अनुरोध छ । कुनै संकास्पद व्याक्ति/समूह फेला परेमा जिल्ला प्रहरी कार्यालय,प्यूठानको टोल फ्रि नं 100 र   ईलाका प्रहरी कार्यालय,पूजाको सम्पर्क नं 9869595258 तथा सम्बन्धीत वडा अध्यक्षहरुलाई तत्काल सूचना गर्नुहुन अनुरोध गर्दछौँ ।साथै समुदायमा चोरी कार्य गर्ने व्याक्तिहरुलाई पहिचान गरी पक्राउ गर्ने व्याक्तिहरुलाई 10 हजार रुपैँया नगद पुरस्कारले सम्मान कार्यक्रम रहेको व्यहोरा जानकारी गराईन्छ । यस्ता खाले कार्यबाट आफु र समुदायलाई सुरक्षित गर्न सबैमा अनुरोध गर्दछौँ ।

आर्थिक वर्ष: