FAQs Complain Problems

समाचार

सार्वजनिक खरिदमा प्रस्तावकर्ताले ध्यान दिनुपर्ने कुराहरु

सार्वजनिक खरिदमा प्रस्तावकर्ताले ध्यान दिनुपर्ने कुराहरु

१. मालसामान उत्पादन/निर्माण गर्ने कम्पनी वा सो को अधिकृत /आधिकारीक विक्रेताले अवलम्वन गर्नु पर्ने प्रक्रिया

मालसामान उत्पादक /निर्माण कम्पनी वा त्यसको अधिकृत /आधिकारीक विक्रेताले खरिद कार्यमा सहभागी हुन देहाय अनुसारको प्रकृया अवलम्वन गर्नुपर्नेछ ः   
क) मालसामान उत्पादन गर्ने कम्पनीले  उत्पादनको विशेषता, गुणस्तर र सुविधाका आधारमा तय गरेको थोक विक्री मूल्य र सुविधा सम्वन्धित कम्पनीको वेभसाईट वा कागजात (ब्रोसर) मा अनिवार्य रुपमा सार्वजनिक गरिएको हुनुपर्नेछ, 
ख) सार्वजनिक निकायबाट सार्वजनिक सूचना वा लिखित सूचना प्राप्त गरेपछि सूचना वा खरिद कागजातमा तोकिएको समय अवधि भित्र निवेदन /प्रस्ताव दर्ता गराउनु पर्नेछ । 
ग) खण्ड (ख) वमोजिम प्रस्ताव प्राप्त भएपछि सोको आधारमा सुची तयार गरी आर्थिक प्रस्ताव माग गरेको अवस्थामा प्रस्तावमा तोकिएको समय अवधि भित्र आर्थिक प्रस्ताव पेश गर्नु पर्नेछ । 
घ) सार्वजनिक निकायले आर्थिक प्रस्ताव मुल्याङ्कन पश्चात न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही प्रस्तावदातालाई खरिद सम्झौता गर्न बोलाएको अवस्थामा तोकिएको समय अवधिभित्र सम्झौता गर्नु पर्नेछ ।

२. प्रस्ताव दर्ता गर्ने विधी ः  
  (क)  मालसामान उत्पादक कम्पनी वा त्यसको अधिकृत /आधिकारीक विक्रेताले प्रस्ताव दर्ता गर्ने लिखित सूचना प्राप्त गरेपछि वा राष्ट्रिय दैनिकमा सूचना आह्वान भएपछि यस्तो सूचनामा तोकिएको म्याद भित्र त्यस्तो मालसामान विक्रि गर्न चाहने उत्पादक कम्पनी वा त्यसको अधिकृत विक्रेताले          उत्पादनको आधिकारिक स्पेसिफिकेशन, गुणस्तर,मूल्य र सुविधा सहितको विवरण (क्याटलग वा व्रोसर) संलग्न राखी त्यस्तो सार्वजनिक निकायमा सिलवन्दी सहितको प्रस्ताव दर्ता गराउनु पर्नेछ । 
  (ख) खण्ड (क) बमोजिम प्राप्त भएको प्रस्ताव सार्वजनिक निकायले छुट्टै रजिष्टर खडा गरी मिति र समय समेत जनाई दर्ता गर्नु पर्नेछ ।  
   (ग) खण्ड (ख) बमोजिम दर्ता भएको प्रस्तावको भर्पाइ सम्वन्धित प्रस्तावदाता/निवेदकलाई पनि दिनु पर्नेछ ।

आर्थिक वर्ष: