FAQs Complain Problems

समाचार

सिजनमा फुलेका लालीगुराँस

Read More

गौमुखी गुफा प्रवेश गर्न श्रदालु भत्तजनहरुकाे भिड

Read More

गौमुखी गाउँपालिका वार्ड नं ३ मा अवस्थित पर्यटकीय गन्तब्य रानीताल ।

Read More

गौमुखी गाउँपालिका वार्ड नं ३ मा अवस्थित पर्यटकीय गन्तब्य झाँक्रिढुङ्गा ।

Read More

नव निर्वाचित जन प्रतिनिधिहरू ।

Read More

अर्खा २ मा अवस्थित वाईसमुल झरना ।

Read More

गौमुखी गाउँपालिकाकाे संक्षिप्त परिचय

२०७३ फाल्गुन २७ गते गाउँपालिका घोषणा भएको यस गौमुखी गाउँपालिकाले प्युठान जिल्लाको उत्तर–पूर्वी भागमा १३९.०४ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । अर्खा, रजवरा, पूजा, खुंग, लिवाङ र नारिकोट गा.वि.स. समेटेर बनेको यस गाउँपालिकाको जनसंख्या २५,४२१ रहेको छ । यस गाउँपालिकाको उत्तरमा बाग्लुङ, पश्चिमतिर नौबहिनी गाउँपालिका, दक्षिणमा झिमरुक गाउँपालिका र पूर्वमा गुल्मी जिल्ला रहेका छन् । यस गाउँपालिकामा गौमुखी गुफा, झाँक्रिढुङ्गा, दियाल्नाचौर, बाइसमुल झरना, तामाखानी, इश्नादेवी जस्ता धार्मिक, प्राकृतिक तथा पर्यटकीय स्थल रहेका छन् ।

 

 

दस्तावेज: 

श्री भृकुटी मा.वि.

विद्यालको तह छनोट गर्नुहोस:

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9857832386
उपाध्यक्ष
9857833800

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857836319

सेवाहरु

सेवा प्रकारः- संस्था दर्ता तथा नविकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन
२) संस्थाको विधान एक प्रति
३) सम्बन्धित वडाको सिफारिश
४) संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
५) कार्यसमिति गठन निर्णयको प्रतिलिपी

नविकरणको लागी:

१) संस्थाको प्रगति प्रतिवेदन
२) लेखा परीक्षण प्रतिवेदन
३) कर चुक्तासहितको निवेदन

सेवा प्रकारः- योजना
सेवा समयः- सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/नि.प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नियम बमोजिम
आवश्यक कागजातहरुः-

१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान
५) उपभोक्ता समितिको योजना सम्झौता सम्बन्धी निर्णय तथा कार्ययोजना

सेवा प्रकारः-
सेवा समयः- जग्गाको क्षेत्रफल अनुसार
जिम्मेवार अधिकारीः- अमिन तथा कार्यालय प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- १५००
आवश्यक कागजातहरुः-
  1.  जग्गा धनिको निवेदन
  2. जग्गाधनिको लालपुर्जा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- पञ्जीकरण शाखा
सेवा दिने कार्यालयः- वडा तथा गाउँपालिका
सेवा शुल्कः- नियमअनुसार
आवश्यक कागजातहरुः-

वडा कार्यालयको सिफारीस तथा  आवश्यक अन्य कागजातहरु ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्कः
आवश्यक कागजातहरुः-

१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

२. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि

३. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि

५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो

६. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गा.पा
सेवा शुल्कः- आर्थिक ऐन बमाेजिम
आवश्यक कागजातहरुः-

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र

२.पासपोर्ट साइजको २ प्रति फोटो

३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि

४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि 

५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशूल्क
आवश्यक कागजातहरुः-

१. नागरिकताकाे प्रतिलिपी
२. २ वटा फेटा

जानकारीहरु